काकडभिट्टाबाट काठमाण्डौ आउँदै गरेको बस त्रिशुली नदीमा खस्यो, कम्तिमा ३ जनाको मृत्यु

काठमाडौ, ५ जेठ । काकडभिट्टाबाट काठमाण्डौ आउँदै गरेको बस त्रिशुली नदीमा खसेको छ । उक्त दुर्घटनामा कम्तिमा ३ जनाको मृत्यु भएको छ ।

धादिङको आदमघाटबाट यात्रु बस त्रिशुली नदीमा खसेर दुर्घटना भएको हो ।
ना ७ ख ४३८७ नम्बरको बस गजुरी नगरपालिका ६ बन्छेटार भन्ने स्थानमा दुर्घटना भएको छ । बस सडकबाट त्रिशुली नदीमा खसेको छ ।
बस जरेखेत भन्ने स्थान नजिक दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्