ग्रेटर लुम्बिनीको गुरुयोजना कार्यान्वयनमा राष्ट्रपतिको जोड, कार्यान्वयन हुन्छ: प्रधानमन्त्री

काठमाडौं, ४ जेष्ठ । राष्ट्रपति विद्यादेवी भण्डारीले ग्रेटर लुम्बिनीको गुरुयोजना कार्यान्वयनको आवश्यकतामा जोड दिनुभएको छ ।

२५६३ औं बुद्ध जयन्ती कार्यक्रमका लागि बुद्ध जन्मभूमी लुम्बिनी पुग्नु भएका राष्ट्रपति भण्डारीले ग्रेटर लुम्बिनीको गुरुयोजना कार्यान्वयनको आवश्यकतामा जोड दिनुभएको हो ।

प्रदेश ५ सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण बर्ष २०७६ को लुम्बनीबाट सुभारम्भ गर्दै भण्डारीले लुम्बिनी विकासको गुरुयोजना कार्यान्वयन अहिलेको आबश्यकता भएको बताइन् । बुद्ध परिपथ निर्माण गरी विश्वकै सांस्कृतिक पर्यटक स्थल बनाउनुपर्ने उनको जोड छ ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको ध्यान ग्रेटर लुम्बिनी कार्यान्वयनतर्फ गएको बताउनु भएको छ । प्रधानमन्त्री ओलीले लुम्बिनी, लुम्बिनी जस्तो नभएको भन्दै उहाँले ‘लुम्बिनी स्वच्छ, हराभरा बनाउनुपर्छ । बाहिर सिसौका रुखले उजाड बनाएको छ, अब फलफूल रोप्नुपर्छ ।’
शान्तीको दुत बुद्ध भूमी नेपाल कहिलेपनि हिंसातर्फ नजाने भन्दै प्रधानमन्त्री ओलीले शान्तिकै बाटोमा हिड्ने प्रष्ट पारे । हामी विगतमा पनि शान्तिकै पक्षमा रहेको र भविष्यमा पनि यसलाई आत्मसाथ गर्दै जाने बताउनु भयो ।

लुम्बिनी भ्रमण वर्ष एवं २५ सय ६३ औं बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री ओलीले आँपको बिरुवा रोपेर वृक्षारोपणको शुभारम्भ गरेका हुन् ।

लुम्बिनीलाई हरियाली, हराभरा र वातावरणमैत्री बनाउने गुरुयोजना अनुसार लुम्बिनी नयाँ ग्राममा विभिन्न जातका २६ सय ४६ वटा विरुवा आजमात्रै रोपिएको छ ।

वृक्षारोपणपछि प्रधानमन्त्री ओली महिलबार चोकबाट शुरु भई लुम्बिनीस्थित केन्द्रीय नहर हुँदै अघि बढ्र्ने यालीमा सहभागी भएका छन् र्। यालीकै क्रममा प्रधानमन्त्री ओलीले लुम्बिनी नयाँ ग्राममा ५२ फिट अग्लो पिल्लरमा राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेका छन् ।

प्रधानमन्त्री ओलीले अर्को वर्ष बैशाख पूर्णिमालाई (बैशाख डे) को रुपमा मनाउने बताउनु भयो । उहाले लुम्बिनीको विकास लागि मास्टर प्लान बनाएर लुम्बिनीलाई लुम्बिनी जस्तो बनाउनुपर्छ ।’

आफू प्रधानमन्त्री भएपछि लुम्बिनीको विकासले गति लिएको प्रधामन्त्रीले दावी गरे ।

प्रधानमन्त्री ओलीले अब लुम्बिनीको व्यापक विकास हुने दावी पनि गरेका छन् । उनले भने, ‘लुम्बिनीलाई पवित्रस्थल, स्वच्छ, सफा, हराभरा, पुण्डभूमि, ध्यान र ज्ञानभूमि बनाउछौ ।’
सरकारको ध्यान ग्रेटर लुम्बिनीतर्फ गएको बताउँदै प्रधानमन्त्रीले कपिलस्तुलाई फरक ढंगले विकास गरिनुपर्ने बताए ।

लुम्बिनी विश्व शान्ति र बुद्ध दर्शनको मुहान भएको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, ‘अब लुम्बिनीमा सिसौ होइन । फलफूल लगाउँछौ । लुम्बिनीको विकासलाई तिब्रता दिन्छौ ।’ बुद्ध दर्शन कसैको अहितमा नरहेको र सबैका लागि बुद्ध दर्शन उपयोगी रहेको प्रधानमन्त्रीको बताउनु भयो ।

आफू केही दिन अगाडि भेतनाम जाँदा त्यहा १६ औ अन्तर्राष्ट्रिय वैशाख दिवस आयोजना गरिएको स्मरण गर्दै प्रधानमन्त्रीले महामानव बुद्धलाई विश्वले भगवानको रुपमा मानेको बताए । ‘उहाँप्रति श्रद्धाभाव व्यक्त गर्दछु । मानव जातिले पैदा गरेको सन्तानहरु मध्ये सिद्धार्थ गौतम महान व्यक्ति हुनुुहुन्छ’ उहाँले भन्नुभयो ।
बुद्धको जन्मथलो कहाँ भन्नेमा विवाद नरहेको उल्लेख गर्दै ओलीले सम्राट अशोकले बुद्ध लुम्बिनीमा जन्मिएका थिए भनेर स्तम्भ तयार गर्नुले नै उनी लुम्बिनीमै जन्मिएको प्रमाणित गरेको बताए ।
समारोहमा सहभागि हुन ओली शुक्रबार नै लुम्बिनी आएका थिए । राष्ट्रपतिको भने आजै आवागमन भएको हो ।

समारोहको क्रममा विभिन्न व्यक्ति र सष्ट्राहरुलाई सम्मान समेत गरिएको छ ।

बुद्ध जयन्ती असवरमा शुक्रबार सुजात खिर महोत्सव राखिएको थियो । आज मूल समारोह र भोलि मायादेवी प्रस्तुति उत्सव मनाइने लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्