नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटायो

काठमाडौ, ४ जेठ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको हो ।

पेट्रोलमा प्रतिलिटर २ र डिजेल र मट्टीतेलमा लिटरमा १ रूपैया घटाइएको हो जसमा अब नयाँ मूल्य पेट्रोलको १०९.५० र डिजेल रमट्टीतेलको ९७ रूपैयाँ प्रतिलिटर कायम गरिएको छ । हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत राखिएको आयोग प्रवक्ता वीरेन्द्र गोइत जानकारी दिनुभयो ।

इण्डियन आयल कर्पोरेशनबाट १६ मे २०१९ मा प्राप्त मूल्य घटेर आएकोले मूल्य विश्लेषण गरी समायोजन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्