आज किराँत समुदायले उभौली पर्व मनाउँदै

काठमाडौ, ४ जेठ । आज किराँत समुदायले उभौली पर्व मनाउँदै छन् । उभौली पर्व किराँत समुदायभित्रका राई, लिम्बु, याक्खा र सुनुवार जातिको मुख्य पर्व हो ।

उभौलीका अवसरमा साकेला चण्डी नाच प्रदर्शन गरिन्छ ।
किराँत समुदायमा सबैलाई सुख शान्ति एवं सुस्वास्थ्यको कामना र दैविप्रकोप खेप्नु नपरोस् भन्दै चण्डी नाच्ने प्रचलन पनि छ । उभौलीका दिन प्रकृति, देवीदेवता र भूमीको पूजा गरिन्छ ।
वसन्त ऋतुमा लगाइएको अन्नबाली सप्रियोस्, दाना राम्रो लागोस् र खाद्यान्नको अभाव नहोस् भन्दै यो चाड मनाउने गरिएको छ ।

उभौली पर्वका अवसरमा किराँतको मुख्य क्षेत्र नेपालको पूर्वी भुगोलसहित काठमाण्डौ लगायत उपत्यकामा विभिन्न कार्यक्रम आयोजना गरि मनाइन्छ ।

यसै अबसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले उभौली पर्वले नेपालीबीच राष्ट्रिय एकता, सहिष्णुता तथा सद्भाव थप सुदृढ पार्न अभिप्रेरित गर्दै समृद्ध र विकसित समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले उभौलीको शुभकामना व्यक्त गर्दै नेपाल सांस्कृतिक रुपमा समृद्ध देश भएको उल्लेख समेत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्