आज २५ सय ६३ औं बुद्ध जयन्ती, प्रधानमन्त्री ओलीले वृक्षारोपण गेर, राष्ट्रपतिले लुम्बिनी भ्रमण वर्ष उद्घाटन गर्दै

काठमाडौं, ४ जेष्ठ । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी नयाँ ग्राममा बृक्षारोपण गरेका छन् । लुम्बिनी भ्रमण वर्ष एवं २५ सय ६३ औं बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री ओलीले आँपको बिरुवा रोपेर वृक्षारोपणको शुभारम्भ गरेका हुन् ।

लुम्बिनीलाई हरियाली, हराभरा र वातावरणमैत्री बनाउने गुरुयोजना अनुसार लुम्बिनी नयाँ ग्राममा विभिन्न जातका २६ सय ४६ वटा विरुवा आजमात्रै रोपिएको छ ।

वृक्षारोपणपछि प्रधानमन्त्री ओली महिलबार चोकबाट शुरु भई लुम्बिनीस्थित केन्द्रीय नहर हुँदै अघि बढ्र्ने यालीमा सहभागी भएका छन् र्। यालीकै क्रममा प्रधानमन्त्री ओलीले लुम्बिनी नयाँ ग्राममा ५२ फिट अग्लो पिल्लरमा राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेका छन् । त्यसपछि प्रधानमन्त्री ओलीले पत्नी राधिका शाक्यसहित थाई बिहारमा पुगेर क्षिभु संघलाई भाजन दान र अष्ट परिष्कार दान गर्ने कार्यक्रम तय भएको छ ।

बिहान १०ः५० सम्म राष्ट्रपति विद्यादेवी भण्डारी लुम्बिनी पुग्ने र प्रधानमन्त्री ओलीले स्वागत गर्ने कार्यक्रम छ । त्यसपछि राष्ट्रपति भण्डारी र ओलीले लुम्बिनीमा निर्माणाधीन ५ हजार जना क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रको अवलोकन गर्नेछन् ।

बिहान ११ बजेपछि लुम्बिनी भ्रमण वर्ष उद्घाटन समरोह तथा २५ सय ६३औं बुद्ध जयन्ती मूल समारोह शुरु हुने छ । राष्ट्रपति भण्डारी प्रमुख अतिथि रहने उक्त कार्यक्रमको अध्यक्षता प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले गर्नेछन् । प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रमलाई पूर्व मिस नेपाल सुगरिका केसीले सञ्चालन गर्नेछिन् ।

भ्रमण वर्ष एवं बुद्ध जयन्तीका अवसरमा बुद्ध पूर्णिमाकै दिन सांझ मायादेवी मन्दिर परिसरमा २५ सय ६३ वटा दीप प्रज्ज्वलन गर्ने कार्यक्रम छ । जेठ ५ गते लुम्बिनीदेखि तिलौराकोट दरबारसम्म मायादेवी प्रसूति उत्सव गरेर भ्रमण वर्ष उदघाटन कार्यक्रम सकिने छ ।

प्रतिक्रिया दिनुहोस्