नेपाल एपिएफ स्कुलको नृत्य तथा गायन प्रतियोगिता सम्पन्न

काठमाडौं, ३ जेष्ठ । नेपाल एपिएफ स्कुलको नृत्य तथा गायन प्रतियोगिता सम्पन्न भएको छ ।
शुक्रवार विद्यालयको प्रांगण, किर्तिपुरमा विद्यालयको वार्षिक कार्यतालिका अनुसार अन्तर–सदनात्मक नृत्य तथा गायन प्रतियोगिता सम्पन्न गरेको हो ।

सो कार्यक्रममा विद्यालयका प्रधानाचार्य अज बहादुर के.सि. त्यस्तै विद्यालय समादेशक स.प्र.ना.उ समेनन्द बज्राचार्य, सहायक प्रधानाचार्य, शिक्षक/ शिक्षिकाहरु, खेल प्रशिक्षकहरु र कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

उक्त प्रतियोगीतामा विभिन्न ४ सदनहरुमा आन्तरिक प्रतिस्पर्धा गराई सबै सदनहरुबाट उत्कृष्ट जुनियर तर्फ गायनमा ४ समुह र नृत्यमा ४ समुह रहेका थिए भने सिनीयर तर्फ पनि गायन र नृत्य गरी ४/४ समुह सहभागी रहेका थिए ।

प्रतियोगितामा जुनियर गायन तर्फ पँहेलो सदन प्रथम, रातो सदन द्वितिय र नीलो सदन तृतीय भएको थियोे । त्यसै गरि नृत्य तर्फ रातो सदन प्रथम नीलो सदन द्वितिय र हरियो सदन तृतीय भएका थिए ।

सिनियर गायन तर्फ नीलो सदन प्रथम पँहेलो सदन द्वितिय र हरियो सदन तृतीय हुन सफल भएका थिए । त्यस्तै सिनियर नृत्य तर्फ पँहेलो सदन प्रथम नीलो सदन द्वितीय र रातो सदन तृतीय भएका थिए । विद्यार्थीहरुको क्षमता अभिवृत्तिको लागि विद्यालयले यस्ता कार्यक्रम प्रत्येक शुक्रबार गर्दै आईरहको छ ।

प्रतिक्रिया दिनुहोस्