आज मदन–आश्रित स्मरण दिवस, नकपाले विभिन्न कायृक्रमगरि मनाईंदै

काठमाडौं, ३ जेष्ठ । नेपाल कम्युनिष्ट पार्टीले जेठ ३ लाई विशेष दिनको रुपमा मनाउने गर्दे । यो दिन मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवस भएकाले यसलाई कम्युनिष्टहरुले विशेष दिनको रुपमा लिने गरेको छ । मदन र जीवराजलाई आफ्नो आदर्श नेता मान्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लगायतले विभिन्न कार्यक्रम गरी स्मरण गर्दैछन् ।

एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको ०५० जेठ ३ गते आजकै दिन दासढुंगामा भएको जीप दुर्घटनामा परी मृत्यु भएको थियो । त्यसै दिनदेखि यस दिनलाई विशेष गरि कम्युनिष्टहरुले स्मरण विभिन्न कार्यक्रमहरु गरि मनाइैदै आएको छ ।

मदन पत्नी विद्या भण्डारी राष्ट्रपति र उनका समकालीनले यतिबेला सत्ताको बागडोर सम्हालिरहेका छन् । तर, २६ वर्षअघिको रहस्मय जीप दुर्घटनाको तथ्य अहिलेसम्म छानविन हुन सकेको छैन । दुर्घटनाका साक्षी जीप चालक अमर लामाको हत्यापछि यो थप रहस्मय बन्न पुगेको छ ।

विचार, वाकपटुतालगायत कारणले चर्चित नेता भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) विकास गरेका थिए । एमाले र माओवादी केन्द्र एकीकृत भएर निर्माण भएको पार्टी नेकपामा मदनले अघि सारेको जबजबारे बहस छ । एमाले र माओवादी केन्द्र एक भएपछि यसलाई कसरी पार्टीमा स्थापित गर्छन् त्यो भने हेर्न बाँकी छ ।
तत्कालीन नेकपा ९एमाले०का महासचिव महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको सडक दुर्घटनामा निधन भएको २६ वर्ष पूरा भएको छ । नेपाल कम्युनिष्ट पार्टी९नेकफा० ले मदननगरमा विशेष कार्यक्रम आयोजना गरेर शुत्रबार स्मृति दिवस मनाउँदैछ ।

विसं २०५० जेठ ३ गते चितवन नजीकै दासढुङ्गामा भएको जीप दुर्घटनामा भण्डारी र आश्रितको निधन भएको थियो । पोखरामा आयोजित जिल्ला अधिवेशनमा सम्बोधन गरेर चितवनमा आयोजना हुने कार्यक्रममा आउने क्रममा उनीहरु दुवैको ‘रहस्यमय’ निधन भएको थियो । जनान्दोलन २०४६ मा वाममोर्चाबाट सक्रिय भण्डारी र मनमोहन अधिकारीले तत्कालीन नेकपा(माले)र नेकपा (माक्र्सवादी) बीच विसं २०४७ मा एकीकरण गराएर नेकपा (एमाले_ गठन गर्न महत्वपूर्ण भूमिका खेलेका थिए ।

भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद(जबज)को नीतिलाई तत्कालीन नेकपा ९एमाले० ले पछ्याउँदै आएको थियो । गत वर्ष पार्टी एकीकरणपछि पनि ‘जबज’ उत्तिकै सान्दर्भिक रहेको नेकपाका केही नेताहरुले बताउँदै आएका छन् । बहुलवादी राजनीतिमा सहभागी भएर आमनिर्वाचन २०४८ मा पार्टी देशको प्रमुख प्रतिपक्षका रूपमा स्थापित भएको थियो । लेनिनले सबैभन्दा पहिला संसारमा स्थापित गरेको सोभियत समाजवाद असफल भएर विश्व कम्युनिष्ट आन्दोलन अघि बढ्न नसक्दा उनले माक्र्सवादमा नै आधारित जबज सिद्धान्त र कार्यक्रम प्रतिपादन गरेका हुन् । शान्तिपूर्ण रुपमा निर्वाचनबाट आफूलाई श्रेष्ठ सावित गरी जनताका पक्षमा सरकार चलाउने जबजको अन्तर्य हो जसमा मानवाधिकार, आवधिक निर्वाचन, प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका, बहुमतको सरकार अल्पमतको प्रतिपक्षजस्ता प्रजातन्त्रका मर्महरु थिए ।

नेकपाले आज पनि उनलाई उत्तिकै सम्मान र स्मरण गर्दै आएको छ । नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले जननेता भण्डारीलाई नेकपाले नेपालमा माक्र्सवादका व्याख्याकार र जबजका प्रणेताका रुपमा स्मरण गरिरहेको बताए । भण्डारीका विचार आज पनि उत्तिकै सान्दर्भिक रहेको उनले जिकिर गरे । गत वर्ष पार्टी एकीकरणपछि पार्टीले जबजको सिद्धान्त अङ्गीकार नगरे पनि सारतत्व अङ्गीकार गरेको उनले औँल्याए । राजनीतिमा उदाउँदै गरेको नयाँ पुस्ताले पनि भण्डारी र जबजको सिद्धान्त आत्मसात् गर्नुपर्नेमा उनको जोड छ । उनले भने, “आफ्नो विचारलाई सुन्दर बनाएर भाषणका रुपमा जनतालाई बुझाउने अद्वितीय कला उहाँ९भण्डारी०मा रहेको पाइन्छ ।”

नेकपाका नेता ठाकुर गैरेले नेपालको वामपन्थी आन्दोलनमा भण्डारी र आश्रित दुवैको योगदान भिन्दै ९युनिक० र ऐतिहासिक रहेको बताए । पार्टीमा कार्यक्रम, नीति र विचारका हिसाबले एक्लै होइन सबैसँग मिलेर अघि बढ्नुपर्छ भन्ने भण्डारीको भावनाबाट सबै राजनीतिज्ञले सिक्न सक्ने उनले औँल्याए । त्यस्तै युवा विद्यार्थीलाई सङ्गठित गरेर अघि बढ्दा सफल हुन सकिन्छ भन्ने उनको विचार प्रेणादायी रहेको गैरेको भनाइ छ । उनले भने, “उहाँमा भएका यिनै सकारात्मक पक्षले गर्दा उहाँ खुला राजनीतिमा छोटो समय बिताउँदा पनि सबैका प्रिय बन्नुभएको थियो ।”

गत वर्ष २५ औँ मदन–आश्रित स्मृति दिवसकै अवसरमा तत्कालीन एमाले र माओवादी केन्द्र दुई पार्टीबीच एकीकरणको घोषणा भएको थियो । पार्टी एकीकरणको एक वर्ष फुगेका अवसरमा शुक्रबार मदननगरमा आयोजना हुने कार्यत्रममा पार्टीका सबै जनवर्गीय सङ्गठनको एकताको घोषणा हुँदैछ । पार्टी पोलिटब्युरो र केन्द्रीय सदस्यको कार्यविभाजनको टुङ्गो भने आइतबार लाग्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्