माघ १६ गते समाजवादी मोर्चाले काठमाडौंमा आमसभा गर्ने
काठमाडौं,२ माघ । समाजवादी मोर्चाले आगामी माघ १६ गते काठमाडौंमा कार्यक्रम गर्ने निर्णय गरेको छ । आज बसेको मोर्चाको संयुक्त बैठकले उक्त निर्णय गरेको विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।
सो बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङका अनुसार काठमाडौंमा गर्ने भनिएको कार्यक्रम आमसभा हो । उनले भने, ‘उपयुक्त स्थान हेरेर सभा हुन्छ ।’
त्यस्तै, यसबीचमा समाजवादी मोर्चाका बैठक र कार्यक्रम अलि सुस्त भएको महसुस भएको हुँदा गम्भीर समीक्षा भएको पनि उनले जानकारी दिए ।
नेकपा माओवादी केन्द्र आन्तरिक कामका कारण समाजवादी मोर्चाले गति लिन सकेको थिएन । अब त्यसलाई अघि बढाउने प्रतिवद्धता जनाइएको छ ।
समाजवादी मोर्चाका सबै गतिविधि र कामको संश्लेषण गरेर प्रतिवेदन तयार पार्ने काम अन्तिम चरणमा रहेको जानकारी गराउँदै उनले शीर्ष नेताहरूलाई उक्त प्रतिवेदन हस्तान्तरणको काम पनि चाँडै हुने जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस्