फुर्तिलो रहने र थकाइ मेटाउने यी खानेकुरा

एजेन्सी– हामी जे–जस्तो खानेकुरा खान्छौं, त्यसैको ऊर्जाबाट शरीरले काम गर्छ । त्यसैले हाम्रो शरीरले शारीरिक तथा मानसिक काम गर्न आवश्यक पर्याप्त ऊर्जा प्राप्त गर्ने किसिमका खानेकुरा वा भोजन गर्नुपर्छ । पर्याप्त ऊर्जा नपाए अलिकति काम गर्नासाथ हाम्रो शरीर र मस्तिष्क दुवै थाक्छन् ।

कहिलेकाहीँ त हामीले धेरै परिकार टन्न खाँदा पनि एकैछिनमा थाकेको महसुस गर्छौं । यस्तो किन हुन्छ भने हाम्रो शरीरले आफ्नो ऊर्जा विभिन्न अंगलाई दिनुको साटो भर्खर खाएको भारी भोजन पचाउन खर्च गरिरहेको हुन्छ ।

त्यसैले दिनभरि नै ऊर्जाशील हुन वा फुर्तिलो रहन एकैपल्ट धेरै मात्रामा भोजन गर्नुको साटो दिनभरि थोरै–थोरै खानेकुरा धेरैपल्ट खानु उपयुक्त हुने पोषणविदहरू सुझाउँछन् । यसले शरीर फुर्तिलो बनाउका साथै वजन पनि बढ्न नदिने उनीहरूको भनाइ छ । थकाइ मेटाउने केही भोजन यस्ता छन्ः

अप्रशोधित खानेकुरा

बर्गर वा तारेका खानेकुरा हेर्दै खाउँखाउँ लाग्ने लोभलाग्दा भए पनि पोषणका दृष्टिले भने उपयोगी हुँदैनन् । प्याकेट, डिब्बा वा क्यानमा आउने खानेकुरा, विभिन्न क्यान्डी र पकाइएको मासुजस्ता प्रशोधित खानेकुरामा विभिन्न प्रेजर्भेटिभ, एडिटिभ, नुन, ट्रान्स फ्याट लगायत विभिन्न किसिमका रसायन मिसाइएको हुन्छ । यस्ता खानेकुरा पचाउन धेरै ऊर्जा खर्चनुपर्ने भएकाले अप्रशोधित खानेकुरा जस्तै चिउरा, ओट्स खाँदा हाम्रो शरीरले छिटै ऊर्जा पाउँछ ।

मौसमी फलफूल र सागसब्जी

हामी जति ताजा खानेकुरा खान्छौं, त्यति नै बढी पोषण पाउँछौं । प्रशोधित खानेकुरामा पोषणको मात्रा न्यून हुन्छ भने ताजा खानेकुरामा उच्च हुन्छ । त्यसैले मौसमअनुसारका फलफूल र सागसब्जी खाए शरीरले चाँडै ऊर्जा पाउँछ र थकाइ छिटै मेटिन्छ । तर, विभिन्न रसायन र औषधि हालेर पकाइएका फलफूलको साटो प्राकृतिक रुपमै पाकेका फलफूल खानुपर्छ ।

क्याफिनरहित बेभरेज

छोटो समयका लागि अलर्ट राखे पनि, स्वास्थ्य सम्बन्धी केही फाइदा भए पनि क्याफिनयुक्त खानेकुराले शरीरलाई कुनै पनि ऊर्जा दिँदैन । त्यसैले धेरै कफी र चिया पिउनेहरूले पर्याप्त मात्रामा पोषणयुक्त भोजन वा खानेकुरा खानमा ध्यान दिनु आवश्यक छ । क्याफिनयुक्त पेय धेरै सेवन गर्ने व्यक्ति चाँडै थाक्छ । त्यसैले कालो कफी वा गुलियो नहालेको कालो चिया पिउनु वेश । त्यस्तै, सोडा पानी, कोल्ड ड्रिंक्स, एनर्जी ड्रिंक्स लगायत पेयमा अत्याधिक चिनी ९सुगर० सँगै कृत्रिम रङ र स्वाद मिसाइएको हुन्छ, जुन धेरै खाए हामीलाई ऊर्जा दिनुको साटो अझ थकाउने वा साइड इफेक्ट हुनसक्छ ।

थोरै फ्याटयुक्त प्रोटिन

टोटल, स्याचुरेटेड फ्याट र कोलेस्टेरोलको मात्रा थोरै हुने मासु वा प्रोटिनले पर्याप्त ऊर्जा दिन्छ । कुखुराको मासु, टर्की र माछा यस्तो प्रोटिनमा पर्छन् । माछामा पाइने ओमेगा–३ फ्याटी एसिडले मुटुसम्बन्धी रोग लाग्नबाट जोगाउँछ । यी खानेकुराले हामीलाई छिटै थाक्न दिँदैन ।

होलग्रेन र कार्बोहाइड्रेट

चिनी र मैदाजस्ता प्रशोधित कार्बोहाइड्रेटले हामीलाई न्यून ऊर्जा दिन्छ । त्यसैले दिनभर सक्रिय रहन र नथाक्न होलग्रेन ९चामल, पिठो, गहुँ, मकै, बाजरा, जुनेलो, कोदो आदि० बाट पकाइएका भोजन गर्नु आवश्यक छ । यसले पर्याप्त ऊर्जा दिनुका साथै भोजनमा रेशा ९फाइबर० पनि समावेश हुन्छ ।

सुक्खा फलफूल ९बदाम र बीउहरू०

भोक मेटाउन र थकाइ मेटेर फुर्तिलो हुन पोषण र ऊर्जायुक्त विभिन्न बदाम र बीउ खानु पनि एउटा राम्रो उपाय हो । कागजी ९हाडे० बदाम, बदाम, ओखर, काजु, किसमिस, ब्राजिली बदाम ९ह्याजल नट्स०, पेकन्स, पेस्ता, छोगडाका साथै सूर्यमुखी र फर्सीका बीउ खानु बेस हुन्छ । तर, यी सुख्खा फलफूल वा बीउ प्रशोधन नगरिएका र नुन नहालिएका खानु उत्तम हो ।

पानी

स्वस्थ र फुर्तिलो रहन तथा नथाक्न हाम्रो शरीरमा पर्याप्त मात्रामा पानी हुनुपर्छ । पानीले हामीलाई कुनै ऊर्जा नदिने भए पनि यसले शरीरका सबै अंगमा ऊर्जा प्रवाह गर्न मद्दत गर्छ । त्यसैले दिनभरि छिनछिनमा पानी पिइरहनुपर्छ । कतिपय अवस्थामा शरीरमा पानीको मात्रा कम हुँदा पनि थकाइ लाग्छ । सोडा, कफी, चिया वा कोल्ड÷एनर्जी ड्रिंक्सको साटो पानी खानु सर्वोत्तम हुन्छ ।

भिटामिन

हामीले पर्याप्त मात्रामा पोषणयुक्त भोजन गरिरहेका छैनौं भने शरीरका लागि आवश्यक भिटामिन, खनिज लगायत पोषक तत्वको सप्लिमेन्ट ९चक्की वा क्याप्सुल० खानुपर्ने हुन्छ । पोषण नपुग्दा पनि हामी चाँडै थाक्छौं । तर, यस्ता भिटामिनका चक्की वा क्याप्सुल डाक्टरको सल्लाहमा मात्र खानु उपयुक्त हुन्छ ।
केरा
एनर्जी ड्रिंक्सजस्तै केराले पनि धेरै ऊर्जा दिने पत्ता लागेकाले अनुसन्धानकर्ताहरूले केरालाई ‘कार्बोहाइड्रेट स्पोर्ट्स ड्रिंक’को उपमा दिएका छन् । किनभने खेलाडीलाई लामो समयसम्म आवश्यक ऊर्जा निरन्तर दिन केराजस्तो उपयोगी अर्को कुनै खानेकुरा वा फलफूल छैन । केरामा पोटासियम, फाइबर, भिटामिन र कार्बोहाइड्रेट पर्याप्त मात्रामा पाइने भएकाले थाकेका बेला केराले हामीलाई प्राकृतिक ऊर्जा र पोषणले तरोताजा बनाउँछ ।
ओट मिल ९जौको चिउरा०
ओट ९जौको चिउरा० बिहानको खाजा मात्र होइन । किनभने एउटा ठूलो कचौराभरि ओट खाँदा यसले प्रचुर मात्रामा फाइबर र केही प्रोटिन दिन्छ । त्यसमाथि ब्लड सुगर एक्कासी बढ्ने र खाजा खाएपछि ह्वात्तै घट्ने व्यक्तिका लागि ओट उपयुक्त खानेकुरा हो । चिनीरहित ओट खानु वेश हुन्छ । दूधमा हालेर थोरै मह र स्ट्रबेरी वा ब्ल्युबेरीजस्ता फलफूल हालेर खाए भोक र थकाइ दुवै मेटिन्छ ।

प्रतिक्रिया दिनुहोस्