भियतनाम र कम्बोडियाको भ्रमण पुरा गरी प्रधानमन्त्री ओली स्वदेश फिर्ती

काठमाडौं, १ जेष्ठ। प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको भ्रमणमा पुरा गरी स्वदेश फर्किएका छन् ।

प्रधानमन्त्री ओली पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतको टोली वैशाख २६ गते भियतनाम भ्रमणमा निस्केका थिए । भियतनाम र कम्बोडियाको भ्रमण पूरा गरि प्रधानमन्त्री आज स्वदेश फर्केका हुन् ।
भियतनाम र कम्बोडियाको भ्रमणमा ओली आफ्ना समकक्षीलगायत विभिन्न व्यक्तिहरुसँग भेटघाट गरेका थिए ।

भियतनामको भ्रमणपछि ओली त्यतैबाट कम्बोडिया लागेका थिए । कम्बोडिया पनि ओलीले आफ्ना समकक्षीसँग भेटवार्ता गर्नुका साथै द्विपक्षीय हितबारे छलफल गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्रीस्तरबाट पहिलोपटक भएको यो भ्रमणलाई प्रधानमन्त्रीले सफल भएको बताएका छन्। प्रधानमन्त्री ओलिले यो भ्रमण कूटनीतिक र व्यवसायीक दुवै दृष्टिकोणले सफल भएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्