भ्रष्टाचार आरोप लागेका पाठक ७८ लाख रुपैयाँ धरौटीमा छुटे


काठमाडौं, १ जेष्ठ । भ्रष्टाचार आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठक ७८ लाख रुपैयाँ धरौटीमा छुटेका छन् ।

बुधबार विशेष अदालतमा उपस्थित भएका पाठकसँग बयान लिएपछि थुनछेक बहस भएको थियो । अध्यक्ष बाबुराम रेग्मी सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले पाठकसँग ७८ लाख रुपैयाँ धरौटी मागेको थियो । पाठक नेपाल बंगलादेश बैंको जनमातमा छुटेका हुन् ।

नेपाल इन्जिनियरिङ कलेजको विवाद सुल्झाउने भन्दै उनले ७८ लाख रुपैयाँ घुस लिएको भिडियो सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्