प्रधानमन्त्री ओली भियतनाम र कम्बोडियाको भ्रमण सकेर आज स्वदेश फर्कँदै


काठमाडौ, १ जेठ । भियतनाम र कम्बोडियाको एकसाता लामो औपचारिक भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली बुधबार स्वदेश फर्कंदै हुनुहुन्छ ।

समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको मैत्रीपूर्ण निमन्त्रणामा गत वैशाख २६ गते त्यसतर्फ प्रस्थान गर्नुभएको प्रधानमन्त्री बुधबार स्वदेश फर्कनुहुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिनुभयो । प्रधानमन्त्रीले वैशाख २६ देखि ३० सम्म भियतनाम र वैशाख ३० र जेठ १ गतेसम्म कम्बोडियाको औपचारिक भ्रमण गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीको अपराह्न कम्बोडियाबाट बैंकक हुँदै स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्