प्रधानमन्त्री ओलीद्वारा कम्बोडियाको सिल्भर पेगोडा भ्रमण
काठमाडौ, १ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा मंगलबार सिल्भर पेगोडा भ्रमण गर्नुभएको छ । वाट प्रिया केओ अर्थात् पन्नाको बुद्ध मन्दिर पनि भनिने सिल्भर पेगोडा यसको भूइँका लागि प्रख्यात छ । जुन पाँच टन चम्किलो चाँदीले ढाकिएको छ ।
सन् १८९२ मा राज नोरोदोमका पालामा पहिले काठबाट बनाइएको सो पेगोडा सन् १९६२ मा पुनःनिर्माण गरिएको थियो । यो कम्बोडियाको प्रसिद्ध हेर्नलायक दर्शनीय संरचना हो । प्रधानमन्त्री ओली र उहाँको प्रतिनिधिमण्डलले सो पेगोडाको शैली र वैभवताको अवलोकन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्