सलमान र शाहरुखलाई १७ बर्षपछि एउटै चलचित्रमा ल्याउने तयारी

बलिउड अभिनेता शाहरुख खान र सलमान खानलाई १७ बर्षपछि एउटै चलचित्रमा ल्याउने तयारी गरेको जनाइएको छ । पछिल्लो समय शाहरुख खान र सलमान खान एक अर्काका निकै घनिष्ठ साथी पनि भएका छन् ।

दुवै जना एकअर्काको चलचित्र प्रमोशनको काममा हदैसम्मको सहयोग गर्ने गरेका छन् ।

केही महिनाअघि सलमान खानले शाहरुख खानको फिल्म ‘जिरो’ मा केमियो गरेका थिए भने शाहरुख खानले सलमान खानको चलचित्र ‘भारत’ को ट्रेलर रिलिज भएसँगै खुलेरै प्रसंशा गरेका थिए ।

बलिउड खबरका अनुसार, दर्शकले अब छिट्टै नै सलमान खान र शाहरुख खानलाई एकसाथ एउटै फिल्ममा हेर्न पाउनेछन् । निर्देशक अली अब्बास जफरले हालै एक अन्तर्वार्तामा सलमान र शाहरुखलाई अभिनय गराउने इच्छा व्यक्त गरेका छन् । जफरले भने, ‘यो छिट्टै नै हुनेछ । यदि मैले नै स्क्रिप्ट लेखे भने यो काम छिट्टै नै हुनेछ । यी दुवैले एकअर्कालाई माया गर्छन् । दुवै एकअर्काको साथमा काम गर्न चाहन्छन् । यदि कुनै राम्रो स्क्रिप्ट अगाडि आयो भने यी दुवैले काम नगर्ने भन्ने कुरा नै छैन ।’

शाहरुख र सलमानको जोडी पर्दामा आयो भने दर्शकका लागि त्यो फिल्म कुनै विशेष सप्राइजभन्दा कम हुने छैन । सन् २००२ मा यी दुवैले फिल्म ‘हम तुम्हारे हे सनम’ मा मुख्य अभिनेताको रुपमा काम गरेका थिए । त्यसपछि १७ वर्ष पुगिसक्दा पनि यो जोडीको कुनै पनि फिल्म आएको छैन । एजेन्सी

प्रतिक्रिया दिनुहोस्