रुकुम पश्चिममा जीप दुर्घटना, वडा अध्यक्षसहित ८ जना घाइते, अरुको अवस्था कस्तो ?

काठमाडौं, बैशाख ३० । रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन ।

आठविसकोट नगरपालिका वडा नम्बर ८ दाजेबाट वडा नम्बर ९ राडी बजारतर्फ आउँदै गरेको ग १ ज ६०४० नम्बरको जीप वडा नम्बर ७ को साउने खोला नजिकै आइतबार बेलुका दुर्घटना हुँदा ८ जना घाइते भएका हुन ।

घाइते मध्य ३ जनाको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय आठविसकोटका इन्चार्ज कर्ण बहादुर विश्वकर्माले जानकारी दिए।

दुर्घटनामा परि घाइते हुनेमा आठविसकोट नगरपालिका वडा नम्बर ८ का २८ वर्षका भुपेन्द्र बोहोरा, त्यही ठाउँका ४० वर्षका प्रजित बुढा,२१ वर्षका दिपक बोहोरा रहनु भएको छ । त्यस्तै वडा नम्बर ८ कै ४० वर्षका भिम बहादुर आरसी, २८ वर्षका खिमराज बुडा रहेको प्रहरीले जनाएको छ ।

यस्तै आठविसकोट नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष नबराज बुढा, त्यही ठाउँका १७ वर्षका विशाल बोहोरा र २५ वर्षीय जीपका चालक हरिबहादुर बुढा घाइते हुनु भएको छ ।

प्रहरीका अनुसार घाइते मध्ये खिमराज बुढा, भिमबहादुर आरसी र गाडी चालक हरिबहादुर बुढाको अबस्था गम्भीर रहेको छ । घाइते भएका आठै जनालाई आठविसकोट नगर अस्पतालमा सामान्य उपचारपछि नेपालगञ्ज रिफर गरिएको छ ।

दुर्घटनाको कारण नखुलेको र घटना बारे अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय आठविसकोटका इन्चार्ज विश्वकर्माले बताउनुभयो । गाडी सडकबाट अनुमानित ५ सय मिटर तल खसेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्