पाँचदिने भियतनाम भ्रमण सकी प्रधानमन्त्री ओली कम्बोडिया प्रस्थान, भियतनाम भ्रमण अत्यन्तै सफल भएको दाबि

काठमाडौं, बैशाख ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भियतनाम भ्रमण अत्यन्तै सफल भएको बताएका छन् । पाँचदिने भियतनाम भ्रमण सकी सोमबार बिहान कम्बोडियाका लागि प्रस्थान गर्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै भ्रमण फलदायी रहेको बताएका हुन् ।

भ्रमणका बेला दुई पक्षीय महत्वपूर्ण सम्झौताहरु भएको र त्यो सम्झौता छिट्टै कार्यान्वयनमा आउने उनले बताए । सम्झौता कार्यान्वनका लागि परराष्ट्र सचिवस्तरको संयन्त्र बनेको र यसले आजबाटै काम सुरु गरेको पनि उहाँले बताए।

भ्रमणका बेला भएका सम्झौताले अब नेपाल र भियतनामबीच कूटनीतिक र व्यापारिक सम्बन्धलाई अगाडि बढाउन झनै मद्दत मिलेको भन्दै यसले दुई देशबीचको सम्बन्धलाई पनि मजबुद पार्ने काम गरेको बताए।

भियतनामसँग कूटनीतिक सम्बन्ध स्थापित भएको करिब चार दशक भइसक्दा प्रधानमन्त्रीको स्तरमा भएको यो भ्रमण पहिलो रहेकाले पनि आफ्नो भ्रमण सफल रहेको उनले बताए ।

भ्रमणका क्रममा विभिन्न पक्षसँग घनिभूत छलफल गर्नुका साथै अब कूटनीतिक, आर्थिक, सांस्कृतिक, धार्मिक र अन्य बहुपक्षीय सम्बन्ध सुदृढ र सुमधुर हुनेमा विश्वास पनि व्यक्त गरे । करीब दश करोड जनसङ्ख्या भएको देशमा नेपाली उत्पादनको निर्यात बढाउने तर्फ भ्रमणले विशेष महत्व राख्ने उनले बताए ।

साथै आफूले आगामी वर्ष वैशाख दिवसको कार्यक्रम नेपालको लुम्बिनीमा गर्न संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिसँग छलफल गरेको र त्यसलाई जसरी पनि सफल बनाउन केही आन्तरिक तयारी पनि भइरहेको उाले बताए।

प्रधानमन्त्री ओली आफ्नो पाँचदिने भियतनाम भ्रमण सकी सोमबार बिहान कम्बोडियाका लागि प्रस्थान गर्नुभएको छ । भियतनामका प्रधानमन्त्री न्गुएन सुआन फुकको मैत्रीपूर्ण निमन्त्रणामा उनी यही वैशाख २६ गते त्याहाँ गएका हुन् ।

भियतनाममा रहँदा प्रधानमन्त्री ओलीले भारत नेपाल व्यवसायी मञ्च, हो चि मिन्ह एकेडेमी अफ पोलिटिक्स र संयुक्त राष्ट्रसङ्घीय वैशाख दिवसलाई सम्बोधन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्