म्युजिक नेपालका सञ्चालक उज्ज्वल थापा अनामनगरबाट पक्राउ, गीत चोरीको आरोप

काठमाडौं, बैशाख २९ । म्युजिक नेपालका सञ्चालक उज्ज्वल थापालाई प्रहरीले अनामनगरबाट पक्राउ गरेको छ ।

सरिता सिलवालले जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको महानरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले बताए ।

फिल्म ’मखमली–मखमली २’ की निर्मात्री सिलवालले गीत चोरीको आरोप लगाएकी छन्।

छायांकनमा रहेको फिल्मको गीतलाई थापा आफैले म्यूजिक भिडियो बनाएर युट्युबमा हालेको निर्मात्री सरिताको आरोप छ।

अहिले दुवै पक्षलाई राखेर छलफल भइरहेको प्रहरीले जनाएको छ ।

पछिललो समय गीतसंगीतमा विभिन्न विवाद हुने क्रम पनि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्