राष्ट्रियसभा निर्वाचनको मिति तोक्न सरकारलाई आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको मिति घोषणा गर्न सरकारलाई आग्रह गरेको छ ।

राष्ट्रपतिले राष्ट्रियसभा गठनको अध्यादेश प्रमाणीत गरे लगतै निर्वाचन आयोग शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए । भेटमा देउवाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निष्पक्ष, स्वतन्त्र र विश्वसनीय रूपमा सम्पन्न गराउन सफल भएकोमा बधाइ दिएका छन् ।

भेटमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले राष्ट्रिय सभा सदस्यको निर्वाचनको मिति घोषणा गर्न आग्रह गरे । जवाफमा प्रधानमन्त्रीले आयोगसँग परामर्श गरेर केही दिनभित्रै निर्वाचनको मिति घोषणा गर्ने बताए ।

आयोगले राष्ट्रियसभाका भोटरका रुपमा रहेका प्रदेशसभा सदस्यहरुले सपथ नलिई भोल्ट हाल्न नपाउने जानकारी गराएको छ । प्रदेशसभाको प्रत्यक्षतर्फको परीणाम आइसकेकोछ भने दलहरु समानुपातिक सदस्य सिफारिस गरेका छन् ।

तर, प्रदेश प्रमुखहर अझै नियुक्त हुन सकेको छैन । प्रमुख आयुक्त डा। यादवले प्रदेशसभा सदस्यले शपथ ग्रहण नगरी राष्ट्रियसभा सदस्यको निर्वाचनमा मतदाता हुन नसक्ने भएकाले यसतो निर्वाचन तोक्ल सरकारलाई आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस्