सरकारले रोक्यो क्यान्सर रोगीको आर्थिक सहायता, किन ?
काठमाडौं, बैशाख २९ । सरकारले क्यान्सर रोगीहरुलाई दिँदै आएको एक लाख आर्थिक सहायता रोक्का गरिएको पाइएको छ ।
बजेट अभावमा ५ महिनादेखि आर्थिक सहायता रोकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौंधरीले स्वीकार गरिन् । उनका अनुसमर क्यान्सर रोगीहरुको सूची तयार पार्ने काम पनि रोकिएको छ ।
आइतबार काठमाडौंमा आयोजित ‘विश्व आँखा क्यान्सर सचेतना सप्ताह’ कार्यक्रममा आँखाको क्यान्सर रोगको उपचारको लागि पनि आगामी आर्थिक वर्षको बजेटमा आवश्यक व्यवस्था गर्ने आश्वासन दिइन् ।
कार्यक्रममा तिलगंगा अस्पतालका संस्थापक एवम् कार्यकारी निर्देशक डा. सन्दुक रुइतले आँखाको क्यान्सर र त्यसको रोकथामका लागि आवश्यक सहयोग गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्