शनिबारदेखि सोमबारसम्म हावाहुरी र चट्याङसहित वर्षा हुने

काठमाडौं, २८ बैशाख । शनिबारदेखि सोमबारसम्म देशका अधिकांश स्थानमा हावाहुरी र चट्याङसहित वर्षा हुने मौसम विज्ञान विभागले जनाएको छ ।

मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार, आइतबार र सोमबारसम्म देशभर आंशिक बदली रही वर्षा हुनेछ ।

मौसमविद विभूति पोखरेलका अनुसार भारतको राजस्थानमा बनेको न्यूनचापीय क्षेत्र, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अब मौसम बदली हुनेछ । उनले केही स्थानमा ठूलो पानी र केही स्थानमा असिनासमेत पर्ने सम्भावना बतायीन्

शुक्रबारसम्म काठमाडौं उपत्यकामा चर्को घाम लागेको थियो । अब तीन दिनसम्म गर्मी केही कम हुने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्