ललितानिवास प्रकरणः राजदूत पौडेल पनि तानिए
काठमाडौँ ,बैशाख २६ । बालुवाटारस्थित ललितानिवास र त्यसको चर्चेको करिब एक सय २४ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वमुख्यसचिव लीलामणि पौडेल पनि मुछिएका छन् । यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।
भूमाफिया र व्यापारीको योजनाअनुसार गुठी संस्थान, मन्त्रालय हुँदै मन्त्रिपरिषद्बाट सरकारी जग्गा हिनामिना हुनेगरी भएका निर्णय प्रक्रियामा हाल चीनका लागि नेपाली राजदूत समेत रहेका पौडेल पनि मुछिएका हुन् ।
सरकारी जग्गा हडप्न खडा गरिएको पशुपति टिकिन्छा गुठीका नक्कली मोहीलाई करिब साढे ३ रोपनीको लालपुर्जा दिनेसम्बन्ी निर्णय तत्कालीन मुख्यसचिव पौडेलको समेत संलग्नतामा भएको हो ।
प्रतिक्रिया दिनुहोस्