सूर्योदय आवासीय माध्यमिक विद्यालयमा विद्यार्थी नेता छान्न गरियो मतदान

काठमाडौं, बैशाख २५ । काठमाडौंको डिल्लीबजार, घट्टेकुलोस्थित सूर्योदय आवासीय माध्यमिक विद्यालयका विद्यार्थीहरूले शैक्षिक सत्र २०७६ को लागि विद्यार्थी नेता छान्न मतदान गरेका छन् ।

मंगलबार भएको निर्वाचनमा कक्षा ४ देखि १० सम्मका ५०० भन्दा बढी विद्यार्थीहरूले विद्यालय कप्तान, सह–कप्तान, खेलकुद कप्तान, सह–कप्तानका साथै सदन प्रमुख र उप–प्रमुखहरूका लागि मतदान गरेका थिए ।

विद्यालयको सामाजिक शिक्षा अध्ययन विभागको संयोजनमा भएको विद्यालय निर्वाचनमा देशको राष्ट्रियस्तरको निर्वाचनजस्तै सबैै प्रक्रियाहरू अपनाइएको थियो ।

विद्यालय संयोजक अर्जुन गिरीको अध्यक्षतामा बनाइएको छ सदस्यीय निर्वाचन समितिले मनोनयन दर्तादेखि, विरोध, मनोनयन फिर्ता, अन्तिम नामावली, निर्वाचन चिह््न प्रदान, निर्वाचन आचारसंहिता जारी आदि प्रकृया अपनाएको थियो ।

मतदानको कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक प्रिन्सिपल लक्ष्यबहादुर केसीले लोकतन्त्रमा निर्वाचन प्रणालीको महत्त्वमाथि प्रकाश पारेका थिए ।

यस निर्वाचनको उद्देश्य विद्यार्थी नेता छान्ने मात्र नभएर, विद्यार्थीको नेतृत्व क्षमता अभिवृद्धि गर्नु रहेको उनले बताए । विद्यार्थीहरूलाई लोकतान्त्रिक निर्वाचन प्रणालीको अभ्यास गराउने विचार समेत रहेको विद्यालयका सामाजिक शिक्षा अध्ययन विभागका प्रमुख सुरेश भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस्