लिबियामा २२ नेपाली अलपत्र : उद्धारमा सघाउन सेनालाई आग्रह
काठमाडौं, वैशाख २५ । इजिप्टस्थित नेपाली दूतावासले द्वन्द्वग्रस्त लिबियामा फसेका २२ नेपालीलाई उद्धार गर्न शान्ति मिसनमा खटिएका नेपाली सेना र अन्तर्राष्ट्रिय आप्रवासन संगठन ९आइओएम०लाई अनुरोध गरेको छ ।
द्वन्द्वग्रस्त क्षेत्रमा लिबिया सरकारको प्रभावकारी उपस्थिति नहुँदा उनीहरुलाई उद्धार गर्न कठिनाइ भएको हो ।
संयुक्त राष्ट्रसंघका अनुसार राजधानी त्रिपोलीमा मानवीय अवस्था जोखिमपूर्ण बन्दै गएको छ । दूतावासले फसेका नेपालीलाई सुरक्षाका लागि नेपाली सेनाको क्याम्पमा ल्याएर राख्ने प्रयास भइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्