चिया मजदूर भोकभोकै सडकमा, ८० करोडको हरियो चियापत्ती नष्ट

काठमाडौं, वैशाख २५ । मुलुकका चिया उद्योग र बगानमा कार्यरत मजदूर ३८ दिनदेखि आन्दोलनमा उत्रिएका कारण करिब एक लाख ५० हजार मजदूर भोकभोकै परेका छन् । ८० करोड रुपैयाँको चियाको हरियो पत्ती बगानमै छिप्पिएर कामै नलाग्ने अवस्थामा पुगेको छ ।

सरकारले निर्धारण गरेको न्यूनतम दैनिक ३ सय ८० रुपैयाँ र सामाजिक सुरक्षा कोष मजदूरलाई दिन नसक्ने चिया उत्पादकले जनाएपछि मुलुकभरका स्थायी ५० हजारसहित मौसमी एक लाख ५० हजार मजदूर चियाको हरियो पत्ती टिप्न छाडेर सडकमा छन् ।

बगान, उद्योग घेराउ र धर्ना जुलुस गर्दै आएका मजदूरले मंगलबार पूर्वपश्चिम महेन्द्र हाइवे नै अवरुद्ध हुने गरी सडकमै सुतेर विरोध जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्