नीति तथा कार्यक्रममाथिको छलफल सकियो, प्रधानमन्त्रीले जवाफ दिदै

काठमाडौं, बैशाख २४ । चालु आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि संसदमा छलफल सकिएको छ ।

लगातार तेस्रो दिनसम्म सांसदहरुले नीति तथा कार्यक्रममाथि धारणा राखेपछि छलफल सकिएको हो ।

छलफलका क्रममा सत्तारुढ दलका सांसदहरुले नीति तथा कार्यक्रम राम्रो आएको र यसले समृद्ध नेपाल सुखी नेपाली भन्ने सरकारको नारालाई सार्थक बनाउने बताए । उनीहरुले यो नीति तथा कार्यक्रमले मुलुकको तीब्र आर्थिक विकासको बाटो देखाउने पनि धारणा राखे ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत विपक्षी दलले भने नीति तथा कार्यक्रम कर्मकाण्डी, नयाँ कार्यक्रम नभएको, समृद्धिको दिशा निर्देश गर्ने खालको नभएको आरोप लगाएका थिए ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उच्चारण गरेको मेरो सरकार भन्ने शब्दको विषयलाई लिएर पनि विपक्षी दलहरुले आलोचना गरेका थिए ।


उनीहरुले राष्ट्रपतिबाट विगतको राजतन्त्रको जस्तो व्यवहार भएको आरोप लगाए । तर सत्तारुढ दलका सांसदहरुले भने राष्ट्रपतिले मेरो सरकार भन्नु उचित भएको भन्द बचाउ गरे ।


न्त्रको जस्तो व्यवहार भएको आरोप लगाए । तर सत्तारुढ दलका सांसदहरुले भने राष्ट्रपतिले मेरो सरकार भन्नु उचित भएको भन्द बचाउ गरे ।

प्रतिक्रिया दिनुहोस्