कर्मचारी समायोजनः केन्द्र र स्थानीय तहबीच द्वन्द्व बढ्दै

काठमाडौं , बैशाख २३ । स्थानीय तहले आफूसंग समन्वय नगरी संघले पठाएका कर्मचारीलाई हाजिर गराउन नसकिने स्पष्ट पारेको छ ।

स्थानीय तहका जनप्रतिनिधिहरुले समायोजनको नाउ“मा कर्मचारी पठाउन आफूसंग कुनै समन्वय नगरेको भन्दै संघबाट आएका कर्मचारीहरुलाई हाजिर गराउन नसकिने स्पष्ट पारेका हुन् । संघीयताको मर्म विपरीत एकपछि अर्को गर्दै संघले हस्तक्षेप गर्दै आउने क्रममा अहिले स्थानीय तहमा कर्मचारी भर्ना पनि संघले नै गर्ने तयारीप्रति स्थानीय तहले तीब्र असुन्तुष्टि जनाएको हो ।

नेपाल नगरपालिका संघ र नेपाल गाउँपालिकाले यस विषयमा सार्वजनिक रुपमा अडान राख्दै आएकोमा विहीबार सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई भेटेर नै यस विषयमा स्पष्ट पारिसकेको जनाएको छ ।

समायोजन सकिएलगत्तै संघले हाजिर नगराउँदा काममा समस्या आएको र समायोजन प्रक्रिया नै अवरुद्ध भयो भन्दै हाजिर गराउन मन्त्रालयले स्थानीय तहलाई पत्राचार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्