संसदमा प्रस्तुत नीति तथा कार्यक्रममाथि आजदेखि छलफल सुरु हुँदै

जागरण न्युज
काठमाडौं, २२ बैशख । नयाँ आर्थिक बर्ष ०७६/ ०७७ का लागि सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रममाथि संघीय संसदमा आज आइतबारदेखि छलफल सुरु हुँदैछ ।

बिहान ११ बजेका लागि बोलाइएको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल सुरु हुन लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदको सयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्