हतियार बुझाएर हिंसा नत्यागे विप्लव समूहको अस्तित्व नै समाप्त हुन्छ: प्रधानान्त्री ओली

काठमाण्डौ , बैशाख २१ । प्रधानान्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियामा नआए नेत्रविक्रम चन्द विप्लव समूहको अस्तित्व नै समाप्त हुने बताउका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकलाई शनिबार सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । सरकाले पृथकतवादको अन्त्य गरेसँगै विप्लव समूहको नाममा हुने क्रियाकलाप नियन्त्रणमा आएको भन्दै उनले हतियार बुझाएर हिंसा नत्यागे समूह नै समाप्त हुने अवस्थामा पुग्ने बताए ।

उनले भने , ‘पृथकतावाद अन्त्य गर्‍यौं र विप्लव समूहको नाममा मच्च्याइएको त्रासलाई पनि नियन्त्रण गर्छाैँ । उनीहरुले हिंसाको बाटो छोड्नु, हतियार बुझाउनु र सकेसम्म छिटो शान्ति प्रक्रियामा आउनु हितकर हुनेछ । त्यसो नगरे असहज अवस्थाबाट अप्ठ्यारो ढंगले समाप्त हुने अवस्थामा पुग्छन् ।’

विप्लव समूहमाथि सरकारले लगाएको प्रतिबन्धलाई लिएर पार्टी्भित्रै पनि विरोध भएको स्मरण गर्दै उनले उनीहरुको क्रियाकलाप गैरकानुनी र असंवैधानिक भएकाले सरकारले प्रतिबन्ध लगाएको स्पष्टपारे ।

उनले भने ,‘कतिपयले विप्लव समूहमाथिको प्रतिबन्धलाई उचित भएन भनेर विरोध गरे । उनीहरुका क्रियाकलाव अबैध, हानिकार, असंवैधानिक गैरकानुनी भएकाले जायज हुन सक्दैन त्यसकारण त्यस्ता आतंककारी गतिविधि प्रतिबन्ध लगाईएको हो । त्यसलाई नबुझेर प्रतिबन्ध लगाउनु हुदैन भनियो । अनि के बम पड्काउ भन्ने ? मान्छे मार्न इजाजत छ भन्ने ? मान्छेलाई तर्साएर पैसा जतिपनि असुल्न इजाजत छ भन्ने ?’

नीति तथा कार्यक्रममा राष्ट्रपतिले प्रयोग गरेको मेरो सरकारका बारेमा पनि उनले सांसदहरुलाई स्पष्टीकरण दिए । राष्ट्रपति पदको नामले नै सर्वोच्च पद भएको भन्दै उनले सरकार भन्दा पृथक राष्ट्रपति नहुने र राज्यको सबभन्दा माथिल्लो तह राष्ट्रपति भएकाले देशलाई आफ्नो भन्नु स्वभाविक भएको दावी गरे । मेरो सरकार अन्तराष्ट्रिय अभ्यास भएकाले यसबारेमा बहस गर्नु आवश्यक नभएको तर्क गरे ।

प्रतिक्रिया दिनुहोस्