शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै नर्सहरुको गम्भीर आपत्ति, दिए यस्तो चतावनी

काठमाण्डौ , बैशाख २१ । शान्तिपूर्ण आन्दोलन गर्दा प्रहरी प्रशासनले धरपकड, ज्यादती र दुव्र्यवहार गरेको भन्दै शहीद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रमा कार्यरत नर्सहरुले गम्भीर आपत्ति जनाएका छन् ।

अस्पताल प्रशासनले गरेकोे विभेदकारी व्यवहारको विरुद्धमा आन्दोलन गर्दा प्रहरी प्रशासन लगाएर पक्राउ गरेको भन्दै उनीहरुले त्यस कदमको निन्दा गरेका छन् ।

नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन, मानव अंग प्रत्यारोपण केन्द्रले शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अस्पतालमा कार्यरत र हाल आन्दोलनरत नर्सहरुले आन्दोलनकै क्रममा प्रहरी प्रशासनले स्वास्थ्य मन्त्रालय हाताभित्रैबाट आफूहरुलाई पक्राउ गरेको भन्दै कडा भर्त्सना गरेका हुन् ।

अस्पतालका झण्डै दुई सय जना कर्मचारीको भविष्यमाथि खेलबाड गर्नेगरि पूर्ण स्थायी विज्ञापन गरिएको र स्थापनाकालदेखि कार्यरत विभिन्न तहका कर्मचारीहरुलाई घोर अन्याय हुनेगरि सूचना निकालिएकोप्रति असन्तुष्टि जनाउँदै आफूहरु वैशाख ११ गतेबाट पूर्व(सूचनासहित चरणबद्ध आन्दोलनमा उत्रिएको उनीहरुले जानकारी दिए ।

आफूहरुले सुरुमा आकस्मिक सेवाबाहेक अन्य सेवाहरु बन्द गरेर अघि बढेको भए पनि अस्प्ताल प्रशासनले मन्त्रालयमा आफ्ना प्रतिनिधि पठाइ कर्मचारीहरुमाथि कुनैपनि पूर्वाग्रह नराख्ने आश्वास दिएको पनि उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्