माछापुछ्रे बैंकको रियल टाइममा नै खाता खोल्न मिल्ने गरी थप १४ शाखा रहित बैकिङ्ग सेवा


जागरण न्यूज
काठमाडौं, २० बैशाख । माछापुछ्रे बैंक लिमिटेडले प्रदेश १ को झापा र मोरङमा १४ शाखा रहित
बैंकिङ्ग सेवा एकैपटक संचालनमा ल्याएको छ । बैंकले झापाका विभिन्न १३ स्थान र मोरङको लेटाङ्गमा १ गरी कुल १४ वटा स्थानमा शाखा रहित किङ्ग सेवाको औपचारिक सुरुवात गरेको छ । बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगमा बैंकले आफ्ना शाखा रहित बैंकिङ्ग सेवा
केन्द्रहरु मार्फत अत्याधुनिक बैकिङ्ग सेवा पु¥याइरहेको छ ।


यो सहित माछापुछ्रे बैंक लिमिटेडको हालसम्म ९७ शाखा रहित बैंकिङ्ग सेवा सुचारु भईसकेको
बैंकले जनाएको छ । ग्राहक सेवा केन्द«को रुपमा संचालित उतm शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी , साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।



बैंकले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १०० वटा शाखाहरु लगायत ९७ शाखा रहित बैकिङ्ग सेवा गरी जम्मा १९७ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर १२१ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्