सरकारको नीति तथा कार्यक्रम संसदमा पेशः पृथकतावाद अन्त्य : राष्ट्रपति भण्डारी

काठमाडौं, वैशाख २० । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम संसदमा पेश गरिरहेकी छिन् ।

सरकारले बनाएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रपति भण्डारीले सदनमार्फत् सार्वजनिक गरेकी हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गरेकी हुन् ।

उनले सम्बोधन गर्दै संविधान कार्यान्वयन गर्न र आवश्यक कानुन निर्माण गर्न सरकार सफल भएको बताएकी छन्। उनले पृथकतावाद अन्त्य भएको बताइन् । उनले भनिन्, ‘सबै राजनीतिक शक्ति संविधानको मूलधारमा आउनु यस अवधिको असाधारण उपलब्धि हो।’

जनताका समस्या पहिचान गरी सम्बोधन गर्ने संस्कृतिको विकास हुँदै गएको भन्दै उनले जनप्रतिनिधिको भूमिका सशक्त हुँदै गएको बताइन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएपछि दोस्रोपटक नीति तथा कार्यक्रम पेश गरिएको हो ।

यही नीति तथा कार्यक्रमका आधारमा सरकारले आर्थिक वर्ष २०७६र७७ को बजेट तयार गर्नेछ ।

भण्डारी संसद भवन पुग्दा भव्य स्वागत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्