चक्रवातको प्रभाव : हेलिकप्टर नउडाउन गृह मन्त्रालयको आग्रह

बमकाठमाडौँ , बैशाख २० । बंगालको खाडीबाट विकसित भएको चक्रवात ‘फानी’ भारतको ओडिसा स्थित पुरी तटमा ठोक्किएपछि नेपालमा त्यसको प्रभाव देखिएपछि गृह मन्त्रालयले सर्तकता अपनाउन आग्रह गरेको छ ।


त्यस्तै गृहले हिमाली भेगमा शुक्रबार र शनिबार हेलिकप्टर नउडाउन आग्रह गरेको छ।

चक्रवात फानीको प्रभावले हिमाली भेगमा भारी हिमपात हुने भएकोले सुरक्षाका लागि हेलिकप्टर नउडाउन आग्रह गरिएको गृहले जारी गरेको ट्वीटमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्