अनु र नरेनको ‘रसिलो त्यो मायाको बोलीमा’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं , बैशाख २० । डी.पी. परिश्रमीको शब्द तथा दीपक शर्माको संगीत रहेको ‘त्यो मायाको बोलीमा’ बोलको गीत सार्वजनिक भएको छ ।


गीत आकर्षक म्युजिक भिडियो सहित सार्वजनिक भएको हो ।

भिडियोमा अभिनेत्री अनु शाह र अभिनेता नरेन खड्काको अभिनय रहेको छ । गीतमा मायाका पारखीहरुले स्वर्गबाट झरेकी अप्सराको बयान गरिएको छ ।


गीतमा रामकृष्ण श्रेष्ठ र जेनी खालीङको स्वर रहेको छ । गीत आधुनिक लोक शैलीमा निर्माण गरिएको छ ।

समन अधिकारीको निर्देशन रहेको गीतको म्युजिक भिडियो रोमान्टिक थिममा तयार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्