‘पिंजडा ब्याक अगेन’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

काठमाडौं । निखिल उप्रेती स्टारर फिल्म ‘पिंजडा ब्याक अगेन’को प्रोमो रिलिज भएको छ । माघ ४ गते प्रदर्शन हुने पिंजडा ब्याक अगेन को ट्रेलर कर्मसियल छ । एक्सन, कमेडी, रोमान्स, विछोडको भाव ट्रेलरमा महसुश गर्न सकिन्छ ।

मौनता श्रेष्ठको लेखन रहेको फिल्ममा निर्देशक हिमाल केसीको द्धन्द्ध निर्देशन तथा सौरभ लामाको छायाँकन रहेको छ ।
निखिल र सारासँगै पुकार भट्टराई, ज्याक श्रेष्ठ, भोलाराज सापकोटा र कुशाग्र भट्टराई लगायत कलाकारहरुले ‘पिंजडा ब्याक अगेन’मा हिजोमात्रै दुर्घटनामा परेर मृत्यु भएकी बिना थापाको पनि यसमा अभिनय रहेको छ ।

फिल्म निर्माणमा रमेश सुवेदी, बाबुराज सिंह, बसन्त शर्मा, सुशान्त श्रेष्ठ, रोहित पुरी, गोविन्द गैरे र चन्द्र बहादुर खत्रीले सहकार्य गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्