नेपालमा पहिलो पटक मानिसमा ‘बर्ड फ्लू’ : लियोे २१ वर्षीय युवकको ज्यान

काठमाडौं , बैशाख १९ । नेपालमा बर्ड फ्लुबाट एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयले बर्ड फ्लुबाट एक जना नेपालीको निधन भएको जनाएको हो । नेपालमा पहिलो पटक वर्ड फ्लुबाट मृत्यु भएको पुष्टि भएको हो ।

वैशाख १५ गते बर्ड फ्लुका कारण मृत्यु भए पनि पुष्टी भने १७ गते भएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य सचिव डाक्टर पुष्पा चौधरीले बिहीवार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै पहिलो पटक यस रोगबाट नेपालीको मृत्यु भएको जानकारी दिएकी हुन् । उनका अनुसार मृत्यु हुने २१ वर्षीय युवक हुन् ।

यद्यपि, यस्ता घटनामा पीडितको पहिचान खुलाउने परम्परा नभएकाले घटनाका कहाँको हो भन्न मन्त्रालयले चाहेन ।

जनस्वास्थ्य कार्यालयमा चेक गर्दा बर्ड फ्लु भएको देखिएको थियो ।

त्यसपछि स्वास्थ्य मन्त्रालयले जापानको एक ल्यावमा परीक्षण गरी घटना पुष्टि भएको रिपोर्ट गत मंगलवार आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सरेको तथ्य भने अहिलेसम्म भेटिएको छैन । तर पक्षीबाट मानिसमा भने सर्ने गर्छ ।

कसरी सर्छ बर्ड फ्लू ?

बर्ड फ्लू संक्रमित पंक्षीहरुको प्रत्यक्ष सम्पर्कमा आउँदा यो भाइरस स्वस्थ व्यक्तिको शरीरमा प्रवेश गर्न सक्छ ।

रोगी पक्षीको मासु, अन्डा, सुलीलगायत बाहिर निस्किने पदार्थबाट रोग सर्छ । मासु चलाउँदा वा खोरमा काम गर्दा पनि रोग सर्छ ।

फिरन्ते चराको सम्पर्कबाट स्थानीय चरामा बर्ड फ्लू सर्छ। बर्ड फ्लू का भाइरस एउटा मानिसबाट अर्कोमा सरेको तथ्य भने अहिलेसम्म भेटिएको छैन । तर पक्षीबाट मानिसमा भने सर्ने गर्छ ।

यसबाट बच्ने केही उपायह ?

– रोगको प्रकोप भएको ठाउँमा सकेसम्म नजाने ।
– मरेका पंक्षीलाई सोझै नछुने वा नचलाउने । नजिक जानु परेमा पनि माक्स लगाएर जाने ।
– रोग लागेका पंक्षीबाट जोगिने ।
– कुखुराको मासु खान रोक लगाउने ।
– कुखुराको मासु, अण्डा खानै परेमा राम्ररी धोईपखाली गरी राम्ररी पकाएर मात्रै खाने ।

प्रतिक्रिया दिनुहोस्