मन्त्री रावलको पहलमा एकैदिन भयो हेलिकप्टरबाट दुई सुत्केरीको उद्धार

काठमाडौं, बैशाख १८ । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले एकै दिन दुई जना सुत्केरी महिलाको उद्धार गरेको छ ।

बुधवार बिहान चंखेली गाउँपालिकाको मेल्छम स्वास्थ्य चौकीमा कार्यरत ३३ वर्षीया अनमी निशा नेपालीलाई एअरलिफ्ट गरेको मन्त्रालयले दिउँसो दुई बजे ओदानचुली गाउँपालिका– १ कि ३५ वर्षीया राजकला महतारोको पनि उद्धार गरेको हो ।

अनमी निशाको घर घोराही नगरपालिका– १५ मा पर्छ । उनी हुम्लाको चंखेली गाउँपालिकाको मेल्छाम स्वास्थ्य चौकीमा अनमीको रूपमा काम गर्दै आएकी थिइन् ।

गर्भपतन गराउँदा अत्याधिक रक्तश्राव भएकोले उनलाई हेलिकप्टरमार्फत प्रदेश अस्पताल कालागाउँमा र्पुयाइएको हो । अहिले उनको उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।


राजकला महताराका दुई छोरा एक छोरी छन् । उनलाई हिजो साँझ सुत्केरी व्यथा लागेको थियो । तर उनको ुसालनालु पहिले खसेका कारण उनले बच्चा जन्माउन सकिनन् । त्यो खबर सामाजिक विकास मन्त्री दल रावलकहाँ आइपुग्यो ।

तत्काल उनले आफू गएर हेलिकप्टर मार्फत उद्धार गर्न लगाए । अहिले उनको उपचार पनि प्रदेश अस्पतालमा भइरहेको छ ।

यसरी त्यहाँका दुर्गम ठाउँका महिलालाई सुत्केरी हुदाँ निकै समस्या हुने गर्दछ् । कतिपयको भने ज्यानै समेत जाने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्