बालुवाटार जग्गा प्रकरणः कांग्रेसको चार बुँदे प्रेस नोट, यसो भने सरकारलाई
काठमाडौं, बैशाख १७ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको गम्भीर विषयप्रति आपत्ति जनाउको छ ।
चार बुँदाको प्रेस नोट जारी गर्दै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बालुवाटार जग्गा प्रकरणको गहिरो छानवीन गरि दोषीलाई दण्डित गरिनुपर्ने जोड दिएका छन् ।
कांग्रेसभित्र एकमत रहेको धारणा दोहो(याउँदै दोषीलाई जोगाउने ढंगले, विषयलाई ढाकछोप गर्ने, मोड्ने र विषयान्तर गर्ने ढंगले गरिने कर्म र प्रचारहरुप्रति सजग हुन कांग्रेसले सबैमा अपिल समेत गरेको छ ।
कांग्रेसको चार बुँदे प्रेस नोट
१. बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको गम्भीर विषयप्रति नेपाली कांग्रेसले सार्वजनिक रुपमा आपत्ति व्यक्त गर्दै आएको तथ्य सर्व्िवदितै छ । वैशाख २५ मा शुरु हुने ‘राष्ट्रिय जागरण अभियान’ मा यस्ता सबै खाले विसंगतिका विरुद्ध राष्ट्रव्यापी रुपमा आवाज घनिभूत तुल्याइदैछ ।
१. बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको गम्भीर विषयप्रति नेपाली कांग्रेसले सार्वजनिक रुपमा आपत्ति व्यक्त गर्दै आएको तथ्य सर्व्िवदितै छ । वैशाख २५ मा शुरु हुने ‘राष्ट्रिय जागरण अभियान’ मा यस्ता सबै खाले विसंगतिका विरुद्ध राष्ट्रव्यापी रुपमा आवाज घनिभूत तुल्याइदैछ ।
२. वैशाख १६ गते प्रतिनिधिसभाको बैठकमा स्वयं सभापति शेरबहादुर देउवाले बालुवाटार प्रकरण बारे पार्टीका तर्फबाट कडा अभिमत व्यक्त गरिसक्नु भएको छ । नेपाली कांग्रेस सो प्रकरणको गहिरो छानवीन गरेर दोषीलाई दण्डित गरिनुपर्ने विषयमा एकमतका साथ प्रष्ट रहेको धारणा दोहो(याउन चाहन्छ ।
३. बालुवाटारको जग्गा को ब्यक्तिका नाममा, कसरी पुग्यो, त्यसमा को संलग्न थिए र छन् भन्ने विवरण यसविचमा तथ्य प्रमाणका साथ सार्वजनिक भैसकेको छ । दोषीलाई जोगाउने ढंगले, बिषयलाई ढाकछोप गर्ने, मोड्ने र विषयान्तर गर्ने ढंगले गरिने कर्म र प्रचारहरुप्रति सजगताका लागि नेपाली कांग्रेस सबैमा अपिल गर्दछ ।
४. तथ्यको जगमा सत्यको खोजी र दोषीमाथि कार्वाहीका लागि आम नागरिकको सजगता, संचार माध्यमहरुको निष्पक्ष प्रखरता, अनुसन्धानकर्मिहरुको इमानदारीतासंगै प्रतिपक्षको दबाब र सरकारको ईमान्दार विवेक यतिबेला परिक्षाको कसिमा छ । नेपाली कांग्रेस बालुवाटार जग्गा प्रकरणमा गहिरो र गम्भीर छानबिनका साथ कुनैपनि मोलाहिजा वेगर दोषीमाथि कार्वाहीको माग पुन दोहो(याउन चाहन्छ ।
जय नेपाल !
विश्वप्रकाश शर्मा
प्रवक्ता
प्रतिक्रिया दिनुहोस्