प्रदेश ५ का मुख्यमन्त्री पोखरेललाई लक्ष्य गरी रोल्पामा मंगलबार पुन बम विस्फोट, यस्तो छ अवस्था
काठमाडौं, बैशाख १७ । रोल्पामा मंगलबार पुनः बम बिस्फोट भएको छ । प्रदेश नं. ५का मुख्यमन्त्री शंकर पोखरेल हिँडेको सडक नजिकै बिहान ११ बजेतिर बम बिस्फोट भएको प्रहरीले बताएको छ ।
मुख्यमन्त्री पोखरेल हिँडेको गैरीगाउँस्थित राँकडाँडामा बमबिस्फोट भएको हो ।
सदरमुकाम लिवाङबाट त्रिवेणी गाउँपालिकाको जुगारमा हुने आमसभामा सहभागि हुन जाँदै गर्दा सडक नजिकै जंगलमा बम बिस्फोट भएको रोल्पा प्रहरीले बताएको छ ।
यस अधि सोमबार पनि मुख्यमन्त्री पोखरेललाई लक्ष्य गरी रोल्पा सदरमुकाम लिबाङ नजिकै तित्रीकोट जंगल क्षेत्रमा विस्फोट भएको थियो ।
सोमबार भएको बिस्फोटको जिम्मा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले लिइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्