प्रदेश १ को सम्पर्क राजधानी धनकुटा तोकियो

काठमाडौं, बैशाख १७ । प्रदेश १ को मन्त्रिपरिषद् बैठकले धनकुटालाई सम्पर्क राजधानी बनाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

मंगलबार मात्र लामो समयदेखि अन्योलपूर्ण अवस्थामा रहेको प्रदेश १ को राजधानी र नामको विषय टुँगो लगाउन बाटोसमेत खुलेको छ ।


प्रदेश १ का प्रमुख प्रा.डा गोविन्दबहादुर तुम्बाहाङले प्रदेश १ को बृहत विराट क्षेत्र विकास समिति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७५ प्रमाणिकरण गरेका छन्।

तुम्बाहाङले मंगलबार विधेयक प्रमाणिकरण गरेसँगै प्रदेशसभालाई प्रदेश १ को राजधानी र नामको विषय टुंगोमा र्पुयाउन बाटो खुला भएको हो।

प्रतिक्रिया दिनुहोस्