बालुवाटारको सरकारी जग्गा भूमाफियाको कब्जामा पुग्दा पनि ढाकछोप गर्नु सरकारको लाचारी: प्रमुख विपक्षी दलका नेता देउवा

काठमाडौं, १६ बैशाख । नेपाली काँग्रेसका सभापति तथा प्रमुख प्रतिपक्षी दलका नेता शेयर बहादुर देउवाले बालुवाटारको सरकारी जग्गा भूमाफियाको कब्जामा पुग्दा पनि सरकार लाचार भएर बसेको आरोप लगाएका छन् । उनले सार्वजनिक जग्गा व्यक्तिको खल्तिीमा हुँदा समेत सरकार ढाकछोप गर्न लागेको आरोप लगाए ।
संघीय संसदको चौथो अधिवेशनको पहिलो बैठकमा बोल्दै कांग्रेस सभापति समेत रहेका नेता देउवाले बालुवाटार जग्गा प्रकरण्का मुद्दा उठान गर्दै बालुवाटार जग्गा प्रकरणमा सत्तारूढ नेकपाका महासचिव विष्णु पौडेलको संलग्नता रहेको सार्वजनिक भैसकेकोल सत्थ तथ्य केलाई कारवाही गर्न माग गरे ।

उनले बालुवाटारको सरकारी जग्गा भूमाफियाको कब्जामा पुग्न लागेको सार्वजनिक हुँदा पनि सरकारले ढाकछोप गर्न खोज्नु हास्यासद भएको बताउँदै नागरिकको धैर्यको सिमा टुट्न लागेको बताए देउवाले आउने वर्ष सरकार यस्ता दुस्कर्ममा नलागोस भनि आग्रह गरे ।

उनले निर्मला पन्तको बलात्कार पछि हत्या भएको प्रकरणमा पनि सरकारले अपराधी पत्ता लगाउन नसकेकोमा आलोचन गर्दै देउवाले आफ्नो सरकारको पालामा सुरू भएका कामको उद्घाटन मात्र गरेर प्रचार गरेको आरोप लगाए । ुविगतको सरकारले गरेको कामको उद्घाटन गरेर आफैंले गरेको भनेर झूटा प्रचार गर्ने बाहेक कुनै काम गरेको छैन, देउवाले प्रतिनिधि सभा बैठकमा भने । उनले सरकारले चौध महिना देखाउन लायक एउटा पनि काम नगरेको बताए । उनले वाइडबडी प्रकरणमा पनि दोषीलाई कानुनी कठघरामा नल्याइएको प्रति आक्रोष पोख्दै देउवाले सरकारले विदेशी लगानीको डिङ हाँकेको तर सरकारले विदेशी अनुदान भित्र्याउन नसकेको बताए। एभने भने, ‘विदेशी लगानी भित्र्याउने कुरामा उपलब्धी शुन्य सरह छु, देउवाले भने, ुकानुन, कार्यक्रम, प्रष्टता बिना विदेशी लगानी आकर्षित गर्न सम्भव छैन।’

उनले दिनादुन ठूला भ्रष्ट्राचारका काण्ठ सुनेर नागरिकमा निराशा बढेको टिप्पणी गरे । आर्थिक अपचलन अभूतपूर्ण बेको छु, देउवाले भने, ुमेरो पालामा सुरु भएको सामाजिक सुरक्षा कार्यक्रम आफैँले गरेको भनि तामझाम साथ प्रचार गर्ने बाहेक यो कार्यमा केही सफलता प्राप्त गर्न सकेको छैन।’

देउवाले चिकित्सा शिक्षा विधेयक पास गराउने क्रममा सरकारले गैर जिम्मेवारीपूर्ण व्यवहारको पराकाष्ठा प्रस्तुत गरेको बताए । ुभ्रम छर्ने बाहेक केही सफलता प्राप्त भएका छैनन्ु, देउवाले भने, ुसरकारले समय खेर फालेको छ। गफ र नारामा होइन जनताले साँच्चिकै काममा उपलब्धी खोजेकोले यसप्रति सरकार लाग्गन आग्रह गरे । सरकार समृद्धिको बाजा बझाउने काममा मात्र खप्पिस भएका बताए ।

प्रतिक्रिया दिनुहोस्