अब रहेनन् संगीतकार बीजु बज्राचार्य, ४८ बर्षको उमेरमा निधन

काठमाडौं, बैशाख १५ । संगीतकार बीजु बज्राचार्यको निधन भएको छ । गुल्मीको पुरानो व्यापारिक केन्द्र वामीटक्सार निवासी नेपाली सांगीतिक क्षेत्रका धरोहर बज्रजार्यको आईतवार ४८ बर्षको उमेरमा हृदयघातबाट निधन भएको हो ।

बज्राचार्यको राजधानीको सिभिल अस्पतालमा निधन भएको पारिवारिक श्रोतले बताएको छ ।

काठमाडौं बबरमहलस्थित आफ्नो निवासबाट कतै जाने क्रममा मोटरसाईकल स्टाट गर्दा उनी त्यही ढलेका थिए । अचेत अवस्थामा रहेका उनलाई सिभिल अस्पतालमा पुर्याए लगत्तै डाक्टरले मृत घोषणा गरेको उनकी धर्म दिदी तथा वामीटक्सारकी छिमेकी विष्णुकुमारी सापकोटाले जानकारी दिइन् ।

उनी नेपाली सांगीतिक क्षेत्रका चर्चित संगीतकार थिए ।
२०२८ सालमा जन्मिएका उनले २०४९ सालमा रेडियो नेपालबाट स्वर परीक्षामा उतीर्ण गरेका थिए ।

उनी वामीटक्सारका जुठप्रसाद वैद्यचार्यका छोरा हुन् । उनका श्रीमती र ३ छोराछोरी रहेका छन् । बज्राचार्य मुटु रोगबाट पीडित थिए ।

प्रतिक्रिया दिनुहोस्