विकास निर्माणका काममा केही अलमल देखिएकै हो ! ३ वर्षभित्र गरिबी समाप्तः प्रधानमन्त्री ओली

काठमाडौं बैशाख १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका काममा केही अलमल देखिएको बताएका छन् ।

उनले नयाँ संरचनामा अभ्यस्त हुन नसकेकेकाले विकास निर्माणका काममा केही अलमल देखिएको स्वीकार गरेका समेत गरेका छन् ।

राष्ट्रिय योजना आयोगको पूर्ण बैठकलाई आज(आइतबार) सिंहदरबारमा सम्बोधन प्रधानमन्त्री ओलीले सरकार नयाँ संरचनामाथि अभ्यस्त नभइसकेकाले विकास निर्माण कार्यमा केही समस्याहरु विद्यमान रहेको बताए ।

संरचना र कानुनहरु निर्माण भएपनि अभ्यस्त हुन केही समय लाग्न सक्ने उनको भनाइ थियो ।

राष्ट्रका महत्वपूर्ण विकासका योजनाहरुलाई भाँझो हाल्ने काम भइरहेको भन्दै प्रधानमन्त्री ओलीले विकास अवरुद्ध पार्नेलाई पहिचान गरी परास्त गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले सरकारले ठूलो महत्वाकांक्षा लिए पनि अनुचित आकांक्षा कहिल्यै नराख्ने स्पष्ट पारे ।

बाध्यताले कोही पनि भोका–नाङ्गा र वेघर हुननपर्ने भन्दै प्रधानमन्त्री ओलीले सरकारले मौलिक हक कार्यान्वयनको जिम्मा पूर्ण रुपमा लिने बताए ।

उनले ३ वर्ष्भित्र गरिबी समाप्त पार्ने योजना रहेकाले सुखी नेपाली र समृद्ध नेपालको राष्ट्रिय आकांक्षालाई पूरा गर्न कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे ।

प्रत्येक नेपालीको जीवनस्तर उकास्न सरकारले केही महत्वाकांक्षी योजनाहरु ल्याउन लागेको प्रधानमन्त्री ओलीले जानकारी दिए ।

आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले समृद्धिको आकाँक्षा र अपेक्षाका साथ पन्ध्रौँ योजना अघि सारिएको बताए ।

बैठकले आयोगले तयार गरेको पन्ध्रौँ आवधिक योजनाको अवधारणापत्रलाई मन्त्रिपरिषद पेश गर्न स्वीकृत गर्ने र केन्द्रीय तथ्याङ्क विभागले तयार गरेको एकीकृत तथ्याङ्क पोर्टल अघि बढाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्