नेमकिपाको समानुपातिक सभासदमा विद्यार्थी नेतृ सिर्जना सैंजु शिफारिस

काठमाडौं । नेपाल मजदुर किसान पार्टीले विद्यार्थी नेतृ सिर्जना सैंजुलाई सभासदमा शिफारिस गरेको छ ।
पार्टीले प्रदेश नम्बर ३ मा समानुपातिकतर्फ पाएको एक मात्र सिटमा विद्यार्थी नेतृ सिर्जना सैंजुलाई निर्वाचित गर्न निर्वाचन आयोगलाई सिफारिस गरेको पार्टीले जनाएको छ ।

पार्टीको भातृ संगठन क्रान्तिकारी विदार्थी संघ र आस्था सांस्कृतिक परिवारमा आबद्ध सैंजु पार्टीको सामान्य कार्यकर्ता हुन् ।
पहिलो संविधानसभामा २३ वर्षीया लिला न्याइच्याईलाई सभासद् बनाएको नेमकिपाले २०७० को दोस्रो संविधानसभामा ३२ वर्षीया अनुराधा थापालाई सभासद् बनाएको थियो ।

सात प्रदेशमध्ये ३ नम्बरमा मात्र नेमकिपाले समानुपातिकमा एक सिट पाएको थियो । सो सिटमा सभासद् बनेकी सैंजु २७ वर्षीय युवती हुन् । नेमकिपाले प्रत्यक्षतर्फ भक्तपुर १ मा एक मात्र सिट जितेको छ ।

प्रतिक्रिया दिनुहोस्