अन्ततः खुलामञ्चमा बनाइएका सटरहरुमाथि डोजर चल्यो ! पसलेको भागाभाग र रुवाबासी

काठमाडौं, बैशाख १४ अन्ततः खुलामञ्चमा बनाइएका सटरहरुमाथि काठमाण्डौ महानगरपालिकाले डोजर चलाएको छ ।

काठमाडौं महानगरपालिकाले डोजर परिचालन गरी ती सटर शनिबार भत्काएको हो।
खुलामञ्चभित्र बनाइएका सटर लगाएतका संरचनाहरु डोजरले भत्काउन थालेपछि त्यहाँ रहेका पसलेहरुमा भागाभाग र रुवाबासी मच्चिएको छ ।


खुलामञ्च अतिक्रमण गरेर सटर बनाइएको भन्दै जनस्तरबाट व्यापक विरोध भएपछि काठमाडौं महानगरपालिकाले शनिबार ती पसलमा डोजर चलाएको हो ।

महानगर प्रहरीका प्रमुख धनपति सापकोटाले महानगरपालिकाको निर्देशनलगत्तै डोजर लिएर आफूहरु खुलामञ्च प्रवेश गरेको जानकारी दिए ।

महानगरपालिका र ठेकेदार मनोजकुमार भेटवालको स्वच्छन्द विल्डर्सको मिलेमतोमा खुल्लामञ्च ठेक्का दिएको खुलासा भएपछि यसको चौतर्फी विरोध भएको थियो । विरोधपछि महानगरपालिका त्यहाँ रहेका सटरहरु भत्काउन बाध्य भएको हो ।

खुलामञ्चभित्र करिब ४० वटा सटरहरु खडा गरेर पसल सञ्चालन हुँदै आएका थिए । महानगरको डोजर चल्नु अघिसम्म त्यहाँका पसलमा ग्रहाकहरुको भीडभाड देखिएको थियो ।

खुलामञ्चभित्र करिब ४० वटा सटर खडा गरेर पसल सञ्चालन हुँदै आएका थिए।

प्रतिक्रिया दिनुहोस्