खुलामञ्च अतिक्रमण प्रकरणः डोजर लगाएर अवैध सटर भत्काउन थालियो

काठमाडौं , बैशाख १४ । काठमाडौं महानगरपालिकाले खुलामञ्च अतिक्रमण अवैध सटर भत्काउन सुरु गरेको छ ।

ठेकेदारले नियम विपरित बनाएका पसलमा शनिबार भत्काउन लागेका हो । सटर भत्काउनका लागि महानगरपालिकाले डोजर फिल्डमा खटाएको छ ।
चौतर्फी विरोध र दवाव थेग्न नसकेपछि काठमाडौं महानगरपालिका खुलामञ्चमा अतिक्रमण गरेर बनाइएका सटर भत्काउने निष्कर्षमा पुगेको हो ।
ठेकेदार मनोजकुमार भेटवालको जलेश्वर स्वच्छन्द विकोई विल्डर्सले खुलामञ्चमा अवैध सटर बनाएर व्यापार थालेको थियो । जसमा महानगरको समेत मिलेमतो रहेको खुलासा भएको थियो ।

भेटवालले खुलामञ्चभित्र करिब ४० वटा सटरहरु बनाएको र अरु संरचनापनि विस्तारको तयारी थालेका थिए ।

प्रतिक्रिया दिनुहोस्