गुल्मीमा फैलिएको झाडापखालाको महामारी उस्तै, दूषित पानीबाट बिरामी हुनेको संख्या १४८ पुग्यो
काठमाडौं, बैशाख १३ । गुल्मीमा फैलिएको झाडापखालाको महामारी झन बढ्दै जनाथालेको छ । गुल्मीको मुसिकोट नगरपालिका–४, दजाकोटमा झाडापखालाको महामारी फैलिएको हो । दूषित पानी पिउँदा बिरामी हुनेको संख्या १४८ पुगेको छ ।
बिरामीमध्ये चार जनाको जिल्ला अस्पताल तम्घासमा र एक जनाको बुटवलमा उपचार भइरहेको छ । अरु केहीको स्थानीय स्वास्थ्य संस्था र शिविरमा उपचार भइरहेको छ । केही भने उपचारपछि घर फर्किएका छन् ।
यस्तै उपचारका लागि प्रभावित गाउँमा पुगेको जिल्ला जनस्वाथ्य कार्यालयको टोली भने फर्किएको छ । दजाकोटमा झण्डै ५ किलोमिटर टाढाको ट्याङ्कीमार्फत वितरण गरिएको पानी पिएकाका कारण स्थानीय नागरिक बिरामी परेका हुन् ।
ट्याङ्कीमा खोलाको दूषित पानी मिसिएको स्थानीयले बताएका छन् । बिरामीमा वाकवाकी लाग्ने, टाउको दुख्ने, पखाला लाग्ने र ज्वरो आउने समस्या देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत महेश श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्