प्रतिष्ठानले स्वर्गीय राजा बीरेन्द्रको स्मरणमा गोष्ठि र दिप प्रज्वलन गर्ने
काठमाडौं । स्वर्गीय राजा बीरेन्द्रको ७३औं जन्म जयन्तीको अवसरमा स्वर्गीय राजा बीरेन्द्र शान्ति प्रतिष्ठानले विचार गोष्ठिका साथै दिप प्रज्वलन कार्यक्रम गर्ने भएको छ ।
स्वर्गीय राजा बीरेन्द्र शान्ति प्रतिष्ठानको बुधबार बसेको केन्द्रिय समितिको बैठकले स्वर्गीय राजा बीरेन्द्र शान्ति क्षेत्र घोषणाका अभियन्ता, प्रवद्र्धक र बहुआयमिक व्यक्ति भएकाले उहाँको ७३ औं जन्म जयन्तीको अवसरमा विचार गोष्ठिका साथै दिप प्रज्वलन गर्ने निर्णय गरेको हो ।
स्वर्गीय राजा बीरेन्द्रले नेपाललाई शान्ति क्षेत्र घोषणाका लागि संयुक्त राष्ट्रसंघको सभामा प्रस्ताव गरेको र ११६ राष्ट्रले समेत यसमा हस्ताक्षर गरी सकेको छ । तर छिमेकी मुलुक भारतले यसलाई अस्विकार गरेकाले आज यो अभिनायमा नै सिमित छ ।
प्रतिष्ठनका अध्यक्ष शिवहरी खनालले स्वर्गीय राज बीरेन्द्र शान्तिका अभियन्ताका साथै बहुआयमिक व्यक्ति भएकोले उनको जन्म जयन्तीकोको अवसर पारी स्मरणका लागि विचार गोष्ठि र दिप प्रज्वलन गर्न लागिएको बताए ।
अध्यक्ष खनालले स्वर्गीय राजा बीरेन्द्र सबै नेपालीको साझा र भावनात्मक राजा भएकाले उनको स्मरणमा विभिन्न कार्यक्रम गरि मनाउन सबै नेपालीलाई आग्रह गरे ।
प्रतिष्ठानले स्वर्गीय राजा बीरेन्द्रको स्मरणमा जावलाखेलको सालीकमा नै पुष १४ गते दिप प्रज्वलन तथा विचार गोष्टि गर्दै छ ।
उहाँको २०५८ जेष्ठ १९ गते दरबार हत्याकाण्डमा परि स्वर्गारोहण भएको थियो ।
प्रतिक्रिया दिनुहोस्