दूषित पानीले एउटै गाउँका ६० जना बिरामी

काठमाडौं, बैशाख १३ । दूषित पानी पिउदा मुसिकोट नगरपालिका, ४ वडागाउँको दजाकोटमा ६० जना बिरामी परेका छन् । बिरामीमध्ये चार जनालाई अस्पताल भर्ना गरिएको छ । एक जनाको अवस्था गम्भिर छ ।

स्थानीय ५९ वर्षीय कुमारी सिन्जालीलाई थप उपचारको लागि पाल्पा पठाएको मुसिकोट नगरपालिकाका कार्यकापालिका सदस्य हरि छन्तेलले जानकारी दिए । दूषित पानीले आइतबारदेखि स्थानीय बिरामी पर्न थालेका हुन् । पहिलो दिन ५ जना र दोस्रो दिन २६ जना बिरामी परेका थिए ।

बुधबार साँझदेखि एक्कासी थप बिरामी पर्न थालेको छन्तेलले बताए । गाउँका सबै जसो नै बिरामी पर्न थालेपछि जिल्ला स्वास्थ्य कार्यालय, मुसिकोट नगरपालिकाको वडा नम्बर २, ३ र ४ का स्वास्थ चौकीले संयुक्त रुपमा निशुल्क स्वास्थ्य शिविर संचालन गरेका छन् ।

बिरामीमध्ये अधिकाशंमा ज्वरो आउने, पखाला लाग्ने तथा टाउको दुख्ने समस्या देखिएको शिविरमा खटिएका स्वास्थ्यकर्मी श्रीकृष्ण भटराइले जानकारी दिए । दूषित पानी पिउँदा यस्तो समस्या देखिएको डाक्टरहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्