यस्ता छन् मंगलबारको मन्त्रिपरिषद बैठकले गरेका २२ निर्णय (सूचीसहित)

काठमाडौं, बैशाख १२ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले विभिन्न २२ वटा महत्पूर्ण निर्णय गरेको छ।

बिहीबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले मंगलबारको मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन्।

सरकारले नेपाली सेनाका उपरथी गौरव तण्डुललाई रथीमा बढ्वा गरेको छ । त्यस्तै सहायकरथी सुनिलकुमार सिंहलाई प्राविधिक उपरथी र ५ जना महासेनानीहरुलाई सहायक रथी दर्जामा बढुवा गरेको छ । बैशाख ५–१० गते बसेको मन्त्री परिषद बैठकले उक्त निर्णय गरेको हो ।


त्यस्तै बैठकले कतारका लागि नेपाली राजदूत रमेश कोइरालालाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता गोकुल बास्कोटाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा राजदूत कोइरालालाई फिर्ता बोलाउने निर्णय भएको जानकारी दिए ।

कोइरालालाई तत्कालीन शेर बहादुर देउवाको सरकारले कांग्रेसको कोटाबाट नियुक्त गरेको थियो।

मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु

प्रतिक्रिया दिनुहोस्