‘विर विक्रम २’ को ट्रेलर सार्वजनिक : बर्षाको प्रेममा पल र नाजिर

काठमाडौं, बैशाख १२ । मिलन चाम्स निर्दे्शित फिल्म ‘विर विक्रम २’को ट्रेलर सार्वजनिक गरिएको छ ।

बिहिबार सुन्धार स्थित सिटिसि महलमा एक कार्यक्रमको आयोजना गरि सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो ।

फिल्मको प्रदर्शन मिति नजिँकिदै गर्दा निर्माण युनिटले प्रचारको लागि ट्रेलर ल्याएको हो । ट्रेलरमा अभिनेता पल शाह, नाजीर हुसेन, बुद्धि तामाङ र अभिनेत्री बर्षा शिवाकोटीका फिल्म भित्र रहेका केही महत्वपूर्ण दृश्यहरु समेटिएका छन् ।

ट्रेलरले दर्शकमा फिल्मको क्रेज बढाउने बिश्वास निर्माण युनिटको रहेको छ भने ट्रेलरमा बर्षाको माया पाउन पल र नाजिरको हानथाप समेत देख्न सकिन्छ ।

चाम्स इन्टरटेनमेन्ट र लण्डन सिने आईको व्यानरमा निर्माण भएको फिल्मको निर्माता अर्पण सापकोटा हुन् भने रञ्जिता शिवाकोटी सहनिर्माता रहेकी छन् ।

पल, नाजीर, बुद्धि र बर्षाको अलवा फिल्ममा नाजीर हुसेन, देशभक्त खनाल, मनोज केसी, विनिसा भण्डारी, बुद्धि तामाङ, क्षितिज सुवेदी, बाल कलाकार मनिष लिम्बु, कृजन गौतम लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद, कविराज गहतरातको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, रञ्जित गजमेर, ताराप्रकाश लिम्बु र राजनराज शिवाकोटीको संगीत, रहेको फिल्म आफ्ना अघिल्ला फिल्मभन्दा फरक र उत्कृष्ट भएको निर्देशक चाम्सले बताए ।

‘विर बिक्रम २’ ३ जेठबाट प्रदर्शनमा आउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्